२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचय पत्र वडामा

अ+ अ-

बैतडी । राष्ट्रिय परिचय पत्र बनाउन जिल्लाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । वडा तहबाटै परिचय पत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएपछि नागरिकको उत्साहजनक सहभागिता रहेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयबाट भइरहेको परिचय पत्र विवरण सङ्कलनको काम गत आइतबारबाट वडा तहबाटै सुरु भएको थियो । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका वडामा राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ ।

वडामा सञ्चालन भएको अभियानमा नागरिकको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । हाल विवरण परिचय पत्र बनाउन विवरण दिनेको भीड लाग्ने गरेको छ । एक हप्तामै दुई हजार ५०० को विवरण सङ्कलन भइसकेको छ ।

उनले भने, ‘परिचयपत्र बनाउन विवरण दिनेको सङ्ख्या निकै उत्साहजनक छ, यसबारे विषयमा प्रचारप्रसार हुनु, यसको महत्त्वका बारेमा सबैले जानकारी पाएका कारण उत्साहजनक सहभागिता भएको हुनुपर्छ ।’ यसका साथै गाउँमै विवरण सङ्कलनको काम भइरहेकाले पनि सहभागिता बढेको जनाइएको छ ।

ती दुई गाउँपालिकाका विभिन्न वडामा विवरण सङ्कलनका गर्न ३५ विवरण दर्ता अपरेटर खटाइएका छन् । एक पालिकामा कम्तीमा १५ दिन विवरण सङ्कलनको काम हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा पालैपालो अभियान सञ्चालन हुने प्रशासनले जनाएको छ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन भइरहेको हो । राष्ट्रिय परिचय पत्रका लागि फारम भर्न जाँदा नागरिकताको सक्कल प्रमाणपत्र, आमाबुबा र बाजेको नागरिकता भए सक्कल र नभए नाम थर खुल्ने कागजपत्र साथमा लैजान आग्रह गरिएको छ ।

यसैगरी बसाइसराइ गरेको भए सो प्रमाणपत्र, राहदानी लिएको भए सो प्रमाणपत्र सक्कलै लैजान पनि आग्रह गरिएको छ । विवरण दिनका लागि स्वयं आफू उपस्थित भएर सक्कली नागरिकता हुनुपर्ने, नागरिकता, फोटो, लोगो केरमेट नभएको हुनुपर्ने, विवाहित महिलाको हकमा श्रीमानको पनि सक्कली नागरिकता र विवाह दर्ता पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचय पत्र भएकाले यो परिचयपत्र बनाउन सबै नागरिकलाई आग्रह गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि बैतडीमा सुरु भएको परिचय पत्र विवरण सङ्कलनमा प्रशासन कार्यालयमा मात्रै हालसम्म सात हजार बढीको विवरण सङ्कलन गरिएको छ ।