२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअको नेतृत्वमा मतदान केन्द्र निरीक्षण

अ+ अ-

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा जिल्ला सुरक्षा निकायले संयुक्तरूपमा मतदान केन्द्रहरूको अवलोकन एवं निरीक्षण सुरु भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न मतदान केन्द्रको संवेदनशीलता र अवस्था कस्तो छ भन्ने जानकारी लिन मतदान केन्द्रको अवलोकन एवं निरीक्षण सुरु गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

प्रजिअ शर्मा, महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुख, नेपाली सेनालगायत सरोकारवाला निकायसहितको टोलीले सूर्यविनायक नगरपालिका–८ नैचालपाटी भञ्ज्याङस्थित सरस्वती आधारभूत विद्यालय, सूनपा–९ काँक्राबारीस्थित सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्र, सोही वडाको नंखेलस्थित श्रीराम आधारभूत विद्यालय र भुवनेश्वरी माध्यमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको हो ।

मतदान केन्द्रको निरीक्षण गर्दै प्रजिअ शर्माले भनिन्, ‘निर्वाचन नजिकिएको छ, निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने हाम्रो जिम्मेवारी छ, त्यसैले पनि यहाँका निर्वाचन केन्द्र कस्ता छन्, के–के समस्या छन् कि, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकमैत्री छ कि छैन, मतदातालाई मतदान गर्न कसरी सहज हुन्छ, सुरक्षाको व्यवस्थापन कसरी गर्न सकिन्छ, त्यहाँका भौतिक अवस्था कस्तो छ भन्नेबारेमा मतदान केन्द्र र मतदानस्थलको स्थलगत अनुगमन गरेका छौँ, अन्य मतदानस्थलको पनि हामी अनुगमन गरेर सुरक्षा रणनीति तय गर्छौँ ।’

यहीँ टोलीले मध्यपुरथिमि नगरपालिकाभित्रका मतदानस्थल कृषि विकास बैङ्क तालिम केन्द्र, हिमालय युवा क्लब बोडे, बोडे मावि लायकु, गणेश मावि नगदेश, कुम्हालक्ष्मी पाटी नगदेशको निरीक्षण गरिसकेको प्रजिअ शर्माले जानकारी दिइन् ।

शर्मा नेतृत्वको टोलीले यसअघि पनि चाँगुनारायण नगरपालिका–८ का सरस्वती मावि थाकलमोठ, महेन्द्र मावि, सुडाल, ८ नं वडा कार्यालय, महानगरीय प्रहरी प्रभाग सुडाल र वडा नं ९ स्थित गणेश मावि ताथलीको अनुगमन गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएको थियो ।

निर्वाचन कार्यालय भक्तपुरका अनुसार जिल्लामा ७७ मतदानस्थलमा २१९ मतदान केन्द्र निर्धारण गरेको छ । भक्तपुर नगरपालिकामा १६ मतदानस्थल ६२ मतदान केन्द्र, मध्यपुरथिमिमा १७ मतदानस्थल ४६ मतदान केन्द्र, सूर्यविनायकमा २३ मतदानस्थलमा ५८ मतदान केन्द्र र चाँगुनारायण नपामा २१ मतदानस्थल ५३ मतदान केन्द्र निर्धारण गरेको छ ।