११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र

अ+ अ-

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रेस काउन्सिल नेपालमा स्पष्टीकरण पत्र बुझाएका छन् ।

काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेपछि उनले हिजो (बुधबार) स्पष्टीकरण पत्र बुझाएका हुन् ।

सम्बन्धित समाचार : जहाजभित्र जोरजुलुम गरेकोबारे प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर गत आइतबार साँझ काठमाडौँ फर्किँदा धमलाले त्रिभुवन विमानस्थलमा जहाजभित्रैबाट प्राइम टाइम्स टेलिभिजनमा लाइभ गरेका थिए ।

उक्त लाइभ प्रसारणमा जहाजका उडान कर्मचारीले रोक्न खोज्दाखोज्दै पनि धमला प्रधानमन्त्री देउवालाई खोज्दै हिँडेका थिए।

सुरक्षा संवेदनशीलताका कारण कर्मचारीले रोक्न खोज्दा धमलाले पत्रकार मर्यादा विपरीत कार्य गरेको स्वअनुगमनबाट पाइएपछि धमलालाई स्पष्टीकरण सोधेको काउन्सिलले बताएको थियो ।

काउन्सिलका प्रवक्ता दीपक खनालले धमलाबाट स्पष्टीकरणको पत्र काउन्सिलमा आएको बताए । उनले अब बैठक बसेर यसबारे छलफल गरिने बताएका छन् ।

‘उहाँले स्पष्टीकरण पत्र काउन्सिलमा पठाउनुभएको छ,’ उनले भने, ‘काउन्सिलको बैठक बसेर त्यसबारे केही दिनमा छलफल गर्छौँ।’ काउन्सिलका अध्यक्षलगायतको टोली सुर्खेतमा छ। सुर्खेतबाट काठमाडौँ फर्केपछि काउन्सिलको बैठक बस्नेछ ।

धमलाले पठाएको स्पष्टीकरण पत्रमा जनतालाई छिटो समाचार दिँदा गल्ती भएको उल्लेख गरेका छन् ।

उनले पत्रकार आचारसंहिताप्रति आफू प्रतिबद्ध रहेको र अबदेखि यस्ता विषयमा ध्यान दिने पनि उल्लेख गरेको स्रोतको भनाइ छ ।

काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले धमलालाई स्पष्टीकरण सोधेका थिए ।

‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलताका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफती रूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको, दृश्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? तपाईँबाट पटक-पटक यस्तो गैर पेशागत क्रियाकलाप किन हुन पुगेको हो ? पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ?’ स्पष्टीकरण सोधिएको पत्रमा भनिएको थियो।

सम्बन्धित समाचार : हवाईजहाजको ककपिटमा पत्रकार धमला जबरजस्ती प्रवेश गरेको घटनाप्रति महासङ्घको ध्यानाकर्षण

सम्बन्धित समाचार : पत्रकार धमलाले गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक सङ्घको ध्यानाकर्षण

प्रतिक्रिया दिनुहोस