काठमाडौँ । बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् ।
यस्तै वि.सं. २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौँ उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ ।
ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाडौँ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ ।
तस्बिरमा नेवार समुदायको रहनसहन, दिनचर्या, कला‚ संस्कृतिलाई देखाउन खोजिएको छ ।











तस्वीर सौजन्य : न्युज एजेन्सी नेपाल