काठमाडौँ । चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार चितवनले दिएको १३४ रनको लक्ष्य सुदूरपश्चिमले सात विकेट गुमाएर पूरा गरेको हो।
यो जितसँगै सुदूरपश्चिम एनपीएलका लगातार तीन संस्करणमा फाइनल पुग्ने पहिलो टोली बनेको छ। यसअघिका दुवै संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो।





