काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा सञ्चिति नेपाली रुपैयाँमा ६।८ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा भने ८.२ प्रतिशतले बढेर २७ अर्ब ३९ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा राष्ट्र बैंकसँग छ। अन्य बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ बराबरको सञ्चिति छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले १९।९ महिनाको वस्तु आयात धान्न पुग्ने राष्ट्र बैंकको आकलन छ। वस्तु र सेवा दुवैको आयात जोड्दा सञ्चिति १७।२ महिनाका लागि पर्याप्त छ।





