२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह निर्वाचन : झापाका १५ पालिकामै एमालेले टुङ्ग्यायो उम्मेदवार

अ+ अ-

झापा । नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ ।

तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,विर्तामोडको प्रमुखमा पवित्रा महतरालाई प्रमुख र नगेन्द्र सङ्ग्रौलालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल रहेका छन् । तीनै पालिकामा प्रमुख पदमा उम्मेदवार पाएका महिलाले यसअघि उपप्रमुखमा रहेर कुशलतापूर्वक जिम्मेवारी बहन गरिसकेका छन् ।

यसैगरी भद्रपुर नगरपालिकाको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारी, कनकाई नगरपालिकाका प्रमुख, राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँ, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलबर्शा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्की, अर्जुनधारा नगरपालिका प्रमुखमा बलदेव गम्देन, उपप्रमुखमा खड्गमाया पराजुली र मेचीनगर नगरपालिका प्रमुखमा गोपाल बुढाथोकी र उपप्रमुख मिना उप्रेतीलाई उम्मेदवार बनाउने बनाइएको छ ।

हल्दिबारी गाउँपालिकामा अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली काँग्रेससँगको गठबन्धनमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने, झापा गाउँपालिकाको अध्यक्षमा गौरीशङ्कर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईँ, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

अधिकांश पालिकाका उम्मेदवारले आजै निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।