२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारी मनोनयन दर्ता सकिएपछि मतपत्र ढुवानी गरिने

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयन दर्ता कार्य पूरा भएपछि सम्बन्धित पालिकाका लागि मतपत्र ढुवानी कार्य सुरु गर्ने भएको छ ।

हाल पूर्वानुमानित सङ्ख्याका आधारमा मतपत्र छपाइको कार्य द्रुत गतिमा भइरहेको र वैशाख १२ गते सम्पन्न हुने उम्मेदवारी मनोनयन लगत्तै दलहरूका तर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूका लागि छपाइ भइसकेको मतपत्रको सङ्ख्या र त्यसमा समाविष्ट निर्वाचन चिह्न पर्याप्त हुने नहुने स्पष्ट हुनेछ ।

गृह मन्त्रालय, रक्षा मन्त्रालय, सुरक्षा निकायलगायतका प्रतिनिधि सम्मिलित सो केन्द्र कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना भएको छ ।

हालसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने एक करोड ४५ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ । बाँकी जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाइ भइरहेको छ ।

निर्वाचनसम्बन्धी सामग्रीको ढुवानी पनि हालसम्म ६१ जिल्लामा पुगिसकेको आयोगले जनाएको छ ।