२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

अ+ अ-

गलकोट । अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन ।

उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठुलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडा सदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ ।

यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्न सक्ने अवस्था छैन । बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिह्न छन् । राजनीतिक दलले मतदाता शिक्षामा जोड दिन आवश्यक छ । उम्मेदवाहरुबीच भेला गर्ने कार्यमा मात्र प्रतिस्पर्धा चलेको छ ।

बागलुङमा पाँच दलीय गठबन्धन र एमाले–राप्रपाको तालमेल छ । गठबन्धन गरेका पाँच दलले मुख्य पदमा आफ्नै चुनाव चिह्न प्रयोग गरेका कारण मतदाताले मत चिह्न तलमाथि प्रयोग गर्नुपर्ने अवस्था छ भने एमाले र राप्रपाको तालमेलका कारण पनि दुई फरक–फरक चिह्नमा मतदान गर्नुपर्ने अवस्था छ ।

निर्वाचन आयोगले दिएको नमुना मतपत्रअनुसार राजनीतिक दलहरुले आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतदातालाई दिँदै आएका छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि कुनै व्यवस्था नगरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

‘समय छोटो भएर होला, यस विषयमा निर्वाचन आयोगले केही भनेको छैन । बजेट पनि पठाएको छैन’, उनले भने, ‘हामी मतपत्र र अन्य मतदानका लागि आवश्यक सामग्री मिलाएर मतदान केन्द्रमा पठाउने तयारीमा छौँ ।’

यस पटकको निर्वाचनमा कार्यकर्तालाई मतदाता शिक्षाका लागि घरघरमा पठाउने तयारीका साथ गठबन्धनको तर्फबाट नमुना मतपत्र छपाइरहेको नेपाली काँग्रेसका जिल्ला सभापति जित शेरचनले बताए।

‘मतदाता शिक्षा दिन नसके धेरै मत बदर हुने अवस्था छ, त्यसलाई मध्यनजर गर्दै मतदाता शिक्षाका लागि कार्यकर्तालाई खटाइएको छ, निर्वाचनको समयसम्म सबै मतदाताको घरमा मतदाता शिक्षा पुर्‍याउने हाम्रो तयारी हो’, शेरचनले भने, ‘गठबन्धनका कारण धेरै चुनाव चिह्नमा मत माग्नुपर्ने हाम्रो बाध्यता हो, जनतालाई बुझाउन आवश्यक छ, वडा सदस्यको त जुन पार्टीको वडाध्यक्ष हो त्यही चुनाव चिह्नको व्यवस्था छ, तर पालिका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षको लागि फरक चिह्न छ, मतदाताले निकै ध्यानपूर्वक मतदान गर्न आवश्यक छ ।’

यस्तै नेकपा (एमाले)ले जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षाका लागि कार्यकर्ता खटाएको छ । एमालेले बागलुङ नगरपालिकाबाहेक अन्य नौ पालिकामा एकल उम्मेदवारी दिएको छ ।

बागलुङ नगरपालिकामा एमाले र राप्रपाको तालमेल छ । उपप्रमुखबाहेक अन्य पदमा एमालेको आफ्नै चिह्न रहेको र अन्य नौ पालिकाका सबै उम्मेदवारको एउटै चिह्न रहेकाले त्यति समस्या नहुने पार्टीका प्रचार विभाग प्रमुख गणेश पौडेल बताउँछन् ।

‘मतदाता शिक्षाका लागि हामीले नमुना मतपत्र छापेर स्वस्तिक चिह्नसहित गाउँमा कार्यकर्तालाई पठाएका छौँ’, उनले भने । जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रको मतदाता सङ्ख्याको आधारमा मतपत्रसहित अन्य सामग्री पठाउने तयारी गरिरहेको छ ।