२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगले स्थापितलाई फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौँका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको हो ।

स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिवादको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएको बालेन साहको विषयमा दिनुभएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।’ स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसअघि काठमाडौँको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्थापितले त्यसको जवाफ बिहीबार मात्र बुझाएका थिए । जवाफमा उनले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गरेका थिए । स्थापितले आफ्ना प्रस्ट अभिव्यक्तिले कसैको चरित्र हत्या भएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्न नमिल्ने दाबी गरेका थिए ।