२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : मुम्बईमाथि कोलकाता ५२ रनको विजयी, आज शीर्ष स्थानका गुजरात र लखनऊ भिड्दै

अ+ अ-

काठमाडौँ । खराब प्रदर्शन गरिरहेको मुम्बई इन्डियन्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा नवौँ हार बेहोरेको छ।

कोलकाता नाइट राइडर्ससँग सोमबार राती ५२ रनले पराजित हुँदै खराब लयलाई जारी राखेको हो।

१ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १७।३ ओभरमा ११३ रनमा समेटियो।

उसका लागि ईशान किशनले अर्धशतकिय इनिङ्स खेले। केइरन पोलार्डले १५, टिम डेभिडले १३ र रामनदीप सिंहले १२ रन बटुले।

अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कप्तान रोहित शर्मा २ रनमा आउट हुँदा तिलक बर्मा ६, डानियल साम्स १ मुरूगान आश्विन र जसप्रित बुमराह शून्य, कुमार कार्तिक्येले ३ रन जोडे।

कोलकाताका लागि पाट कुमिन्सले सर्वाधिक ३ विकेट लिए। आन्द्रे रसेलले २ विकेट लिँदा साउथी र वरुण चक्रवर्तीले समान १–१ विकेट लिएका थिए।

त्यसअघि डी वाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।

उसका लागि वेङकेटेश अयर र नितिश रानाले उच्च प्रदर्शन गरे। अयर र राणाले समान ४३ रन जोडेका थिए। अजिन्के रहाणेले २५ रन बनाउँदा रिङ्कु सिंहले २३ रन बटुले।

मुम्बईका लागि जसप्रित बुम्राहले ४ ओभरमा १० रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।

कुमार कार्तिकेले २ तथा डानिल साम्स र मुर्गान आश्विनले समान १–१ विकेट लिएका थिए।

यो जितसँगै कोलकाता १२ खेलमा १० अङ्क जोड्दै सातौँ स्थानमा उक्लिएको छ। पराजित मुम्बई ११ खेलबाट २ खेलमा जित हात पार्दै ४ अङ्कसहित पुछारमा छ।

तालिकाको शीर्ष स्थानमा रहेको लखनउले ११ खेलबाट १६ अङ्क जोडेको छ। समान खेलबाट समान अङ्क भए पनि रन रेटमा पछि परेको गुजरात टाइटन्स दोस्रो स्थानमा छ।

यस्तै समान १४–१४ अङ्क भएको राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर बैंलोर क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

समान १० अङ्क रहेका दिल्ली, हैदारावाद, कोलकाता, पञ्जाब क्रमशः पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन्।

११ खेलमा ४ जित निकालेको चेन्नई ८ अङ्कसहित नवौँ स्थानमा झरेको छ। पुछारमा रहेको मुम्बईको ४ अङ्क छ।

आजको खेलमा शीर्ष स्थानका दुई टोली गुजरात र लखनऊ भिड्दैछन्।