काठमाडौँ । दाङको लमही नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ। कुल एक सय मतगणना हुँदा नेपाली काँग्रेस र नेकपा एमालेसहित तीन दलबिच प्रतिस्पर्धा हुँदा माओवादीले अग्रता लिएको हो।
माओवादीका मेयरका उम्मेदवार वसन्तराज शर्मा ४३ मत, उपमेयर गङ्गा पाण्डे २७ मत ल्याएर अग्रता लिएका हुन् ।
यस्तै काँग्रेसका मेयरका उम्मेदवार जोगराज चौधरीले १६ उममेयर लक्ष्मी योगीले २३ मत र एमालेका मेयरका उम्मेदवार दण्डिराम चौधरीले २९ मत र उपमेयर सुशीला शर्माले २९ मत ल्याएका हुन्।