१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘घरघरमा सामाजिक सुरक्षा भत्ता’

अ+ अ-

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैङ्कसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने घोषणा गरेका हुन् ।

‘ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैङ्कसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैङ्कसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ’, अध्यक्ष थापामगरले भने । उनले निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको बताए ।

‘कतिपय अवस्थामा डोकोमा बोकेर सामाजिक सुरक्षा भत्ता लिन परिवारले लैजानुपर्ने बाध्यता छ’ उनले भने, ‘जनताका समस्यालाई अब पालिकाले बैङ्कसँग सहकार्य गरी समाधान गर्छ ।’ उनले सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सबै घरको नम्बर व्यवस्थित गरिने बताए।

प्रतिक्रिया दिनुहोस