१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

अ+ अ-

बेनी । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिएका थिए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको सङ्ख्या बढे पनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो ।

अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा काँग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा काँग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बनेकी थिइन् ।

यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसपटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए ।

रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मिना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेकी थिइन् ।

त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बनेका ६ महिला नै पराजित भएका छन्।

हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भए पनि धवलागिरि गाउँपालिकामा गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष निर्वाचित भएका छन् ।

बेनी नगरमा काँग्रेस–माओवादी केन्द्रको गठबन्धन भए पछि उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने विजयी भएकी छन् भने रघुगङ्गाको उपाध्यक्षमा काँग्रेसकी प्रेमकुमारी पुन, अन्नपूर्णको उपाध्यक्षमा एमालेकी दिवा तिलिजा, मङ्गलाको उपाध्यक्षमा एमालेकै प्रेमा अधिकारी क्षेत्री र मालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुन विजयी बनेकी छन् ।

वडातर्फ न्यून सङ्ख्यामा खुला सदस्यबाहेक महिला र दलित महिला कोटामा मात्रै सीमित हुन पुगेका छन् ।

दुई पालिका र १४ वडामा जनप्रतिनिधि दोहोरिए

म्याग्दीको दुई पालिका प्रमुख दोहोरिएका छन् । रघुगङ्गा गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र मङ्गला गाउँपालिकामा निवर्तमान गाउँपालिका अध्यक्ष सतप्रसाद रोका पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडामा १४ वडाध्यक्ष दोहोरिएर निर्वाचित भएका छन् । अन्नपूर्णमा वडा नं १ मा दिलीपकुमार गर्वुजा, २ मा ओम फगामी, ८ मा खमबहादुर गर्वुजा पुनः दोहोरिएर वडाध्यक्षमा निर्वाचित हुँदा वडा नं ५ मा लामो समय कार्यवाहक वडाध्यक्ष रहेका राजेश तिलिजा वडाध्यक्ष चुनिएका छन् ।

रघुगङ्गामा वडा नं १ बेगमा बिलप्रसाद फगामी, ५ मा मनबहादुर शेरमञ्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल वडाध्यक्षमा दोहोरिएका छन् ।

बेनी नगरपालिका–३ मा पदम पुन र ६ मा कृष्णसिंह बानियाँ वडाध्यक्षमा दोहोरिएका छन् । मङ्गला गाउँपालिका–२ मा धनबहादुर खाती र ५ मा भूपेन्द्र खत्री वडाध्यक्षमा दोहोरिएका छन् ।

मालिका गाउँपालिका–१ मा टङ्कप्रसाद पुन, धवलागिरि गाउँपालिका–१ मा झक छन्त्याल र ७ मा राजाराम उपाध्याय पनि दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस