काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र गाउँपालिकामा रहेका शिक्षक शिक्षिकाको सम्पत्ति विवरण मागेको छ ।
आगामी भदौ १५ गतेभित्र गाउँपालिकामा सम्पत्ति विवरण बुझाउन उनीहरुलाई भनिएको छ ।
सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था अनुसार विवरण माग गरिएको गाउँपालिकाले जनाएको छ ।
