२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहिनीको प्रेमीको हत्या आरोपमा २ जना पक्राउ

अ+ अ-

वीरगञ्ज । बहिनीको प्रेमीको हत्या गरेको आरोपमा पर्सामा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.५ का ३० वर्षका प्रितम पटेल र उनका भाइ २८ वर्षका उत्तम पटेल रहेका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । उनीहरुले छिमेकका २३ वर्षका राजकुमार ठाकुरको हत्या गरेको प्रहरीको दाबी छ ।

उनीहरूले आफ्नी बहिनीसँग प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमार ठाकुरलाई वीरगञ्ज महानगरपालिका १६ नगवामा रहेको आफूहरूको टेलरमा लगेर हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ ।

उनीहरूले हत्यापछि शवलाई बोराभित्र राखी ना ३८ प ४३९५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल प्रयोग गरी भारतको रक्सौल रेल्वे स्टेशनमा पुर्‍याएर त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने रेलको शौचालय छेउको खाली ठाउँमा छाडेको बयान दिएका थिए ।

त्यही बयानका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी वरिष्ठ नायब निरीक्षक विनोदकुमार सिंहको कमाण्डमा खटिएको टोलीले भारतीय प्रहरीको समन्वयमा भारत विहार,भागलपुरबाट शव बुझी ल्याएको प्रहरीले जनाएको छ ।

२४ गते ट्युसन पढ्न हिँडेका राजकुमार वेपत्ता भएको भन्दै उनका बाबुले उजुरी दिएपछि खोजतलासका क्रममा पटेल दाजुभाइमाथि शंका लागेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकारेको प्रहरीको दाबी छ ।