कोरिया । दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनको सिलसिलामा आएका नेपाली बिधार्थिहरुको सङ्गठन नेपाली विद्यार्थी समाज(सोनसिक) को अध्यक्षमा मनिष पाण्डे चयन भएका छन् । अगस्ट १३ र १४ तारिखमा सम्पन्न १९ औ अधिवेशनले निर्विरोध रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा सिद्धान्त विक्रम पाँडे, मेघनाथ पौडेल, प्रियस ढकाल, मनोज कुमार बनिया चयन भएका छन् भने सचिवमा विक्रम खड्का, उपसचिवमा दिवाकर चौलागाई र कोषाध्यक्षमा भरत खत्री चयन भएका हुन् ।
यसैगरी सदस्यहरूमा टोपेन्द्र वली, प्रकाश नेपाली, सृजना तिवारी, सिजन खड्का र गायत्री थापा मगर रहेका छन् ।
दक्षिण कोरिया सरकारमा दर्ता भएको यस संस्थाले विगत १८ वर्ष देखि नै नेपाली विद्यार्थी र नेपालीको हकहितमा काम गर्दै आएको छ ।







