२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडानमा बाढीबाट ७५ जनाको मृत्यु

अ+ अ-

दर्तोम । सुडानमा केही दिनयतादेखि भीषण वर्षा जारी रहेको बताइएको छ । सो वर्षाको कारण यहाँ मङ्गलबार रातिसम्ममा कम्तीमा पनि ७५ जनाको ज्यान गएको छ ।

केही दिनदेखि जारी रहेको वर्षा र त्यसपछि आएको बाढीमा परेर यहाँका १२ हजार पाँच सय ५१ घर ध्वस्त भएका छन् भने २० हजार भन्दा बढी घरमा बस्न नहुनेगरी क्षति पुगेको बताइएको छ ।

यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले दिएको जानकारीअनुसार वर्षा जारी रहेकाले बाढीको खतरा अझै टरेको छैन ।उक्त काउन्सिलले प्रकाशन गरेको विज्ञप्तिमा यस बाढीमा परी ३० व्यक्ति घाइते भएका छन् भने अरु केही हराइरहेका छन् ।

यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको समाचारहरुमा जनाइएको छ । यसअघि आएका केही समाचारहरुमा सो राज्यमा सबैभन्दा धेरै व्यक्तिको निधन भएको छ ।

उत्तरी र मध्य सुडानमा वर्षाले क्षति पुर्‍याएको छ । यहाँको सयौँ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । वर्षा गत हप्तादेखि नै जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ ।