१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

अ+ अ-

रामपुर । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो । टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्रामस्थल बनिसकेको नगरप्रमुख श्रेष्ठ बताउछन् ।

उनी भन्छन्, ‘दुई वर्ष अगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा छ, यसले तानसेनको थप सुन्दरता थप्नेछ ।’ विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । अहिले यहाँ ७४ मिटर चौडाइ र एक सय नौ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ ।

मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ । त्यसलाई दुईपटक घाँस काटेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तण गर्नेछ । कम्तीमा आठपटक दुबोलाई मेसिनले काटेपछि टुँडिखेलमा खेल खेल्नका लागि तयार हुने बताइएको छ । आगामी फागुनदेखि खेलमैदान स्तरोन्नति भई पूर्णरूपमा तयार हुने तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की बताउछन् ।

विसं २०५० अघि यहाँ हुने गरेका राष्ट्रियस्तरका फुटबल प्रतियोगिता वीरेन्द्र शिल्ड, राष्ट्रियस्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ । यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेलप्रेमीमा उत्साह जागेको छ ।

पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामा नै रहेको यस मैदानमा ठूला–ठूला कार्यक्रम, सभा, समारोह हुने गरेका छन् । खेलमैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ । यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ ।

प्रतिक्रिया दिनुहोस