१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेपत्ताको खोजी तीव्र बनाएका छौँ : दार्चुला प्रजिअ उपाध्याय

अ+ अ-

काठमाडौँ । शुक्रबार रातिबाट परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण दार्चुलामा १० जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीलाई तिव्र पारिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ४ पुरुष र ६ महिला बेपत्ता छन् ।

महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा बाढी पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिका-२ घर भएकी १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की छन् । महाकाली नगरपालिका-१ सल्ले घर भएकी ४३ वर्षीया मानमती कार्की र र वडा नम्बर-२ घर भएका नन्दराम बोहराको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

मानमतीको शव महाकाली नदीले बगाएको अवस्थामा भेटिएको हो । अरू चार जनाको पहिरोमा पुरिएर शनिवार मृत्यु भएको थियो । बाढी र पहिरोका कारण ६० घर परिवार विस्थापित भएका छन् । ४२ घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । ९ घरमा आंशिक क्षति पुगेको छ । पहिरोमा परेर ८ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ । मृतकका परिवार र विस्थापित परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरिने प्रजिअ उपाध्यायले जानकारी दिए ।

महाकाली नगरपालिकाको लास्कु खोलामा आएको बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा मोटरेबल पुल बगाएको छ । बिग्रेको बाटो सम्बन्धित निकायले खुलाउनेबारे छलफल भइरहेको छ । एउटा विद्यालय र विद्युत्को पावर हाउसमा पूर्ण रूपले क्षति पुगेको छ । बगाएको पुल र बाटो तत्काल अस्थायी बनाउनेबारे छलफल भइरहेको प्रजिअ उपाध्यायले बताए ।

दुई वटा पालिकामा बिद्युत् पनि अवरुद्ध भएको छ । बाढी पहिरोका कारण २ सय ६३ पशु चौपाया मरेका छन् । ७ वटा जिप तथा कार, एउटा ट्याक्टर र एउटा डोजर हराएका छन् ।

प्रतिक्रिया दिनुहोस