काठमाडौँ । नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा ५५५ जनाको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा ५५५ जनाको निर्वाचन परिचालन कमिटी घोषणा गरिएको हो ।
जसमा काठमाडौँ जिल्लाका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यहरू रहेका छन् । कार्यक्रममा एमाले काठमाडौँ ५ का उम्मेदवारसमेत रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको बताए ।
उनले अबको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने दाबी गरे ।