१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव जिताए समृद्ध बनाउने गठबन्धनका शीर्ष नेताहरूको दाबी 

अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले चुनाव जिताए कर्णालीको विकास र समृद्धिको लागि पहल गर्ने उद्घोष गरेका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय संयुक्त सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरुले चुनाव जिताए कर्णालीमा नतिजा देखिने गरी काम गर्ने बताएका हुन् ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने, ‘सरकार अहिले पनि कर्णालीको विकास र समृद्धिको लागि लागिरहेको छ । हरेक क्षेत्रमा पछाडि परेको कर्णालीलाई पाँच वर्षभित्र नतिजा देखिने गरी विकास गर्छौँ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन विरुद्धको विद्रोह कर्णालीबाट सुरु भएको भन्दै कर्णाली प्रदेशसभामा सदस्यहरूले खेलेको भूमिकालाई गठबन्धनले नभुल्ने बताए ।

प्रचण्डले अगाडि भने, ‘कर्णालीको पछौटेपनलाई माथि उकास्नु गठबन्धन सरकारको प्रमुख प्राथमिकता हुनुपर्छ, आगामी निर्वाचनमा गठबन्धनलाई जिताउँनुस, हामी विकास र समृद्धि ल्याएर आउँछौँ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताए । ‘नेपाली राजनीतिमा व्यक्तिवादी चरित्र हाबी भएको छ । त्यसको नेतृत्व ओलीले गरेका छन् । व्यक्ति केन्द्रित राजनीति अधिनायकवादी चरित्र हो । त्यस्ता व्यक्तिले संविधान कुल्चे, देशलाई अस्तव्यस्त बनाए’ उनले भने ।

प्रतिक्रिया दिनुहोस