१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरको मिर्गौला प्रत्यारोपण प्रकरण : नेपाल मेडिकल काउन्सिल थाल्यो छानबिन प्रक्रिया

अ+ अ-

काठमाडौँ । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा नेपाल मेडिकल काउन्सिलले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

वीर अस्पतालको अनुरोधपछि छानबिन प्रक्रिया अगाडि बढाइएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

आइतबार काउन्सिलका सदस्य तथा काउन्सिलका इथिकल समिति संयोजक डा. कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझको लागि वीर अस्पताल पठाइएको थियो ।

‘अस्पतालले पत्र लेखेर घटनाको विषयमा अध्ययनका लागि अनुरोध गर्नुभएको थियो । हिजो डा. काउन्सिलले कालुसिंह खत्रीलाई प्रतिनिधिका रूपमा जाँचबुझ पठाएका थियौँ,’ डा.अधिकारीले भने, ‘उहाँले कागजपत्र सङ्कलन गरी लेराउनु भएको छ । अब छानबिन प्रक्रिया अगाडि बढ्छ ।’

गत बिहीबार अस्पताल प्रशासन र बिरामी पक्षबिच तीन बुँदे सहमति भएको छ । बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि नि शुल्क गर्ने सहमति भएको छ ।

त्यस्तै, पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने सहमति भएको अस्पताल प्रशासनले जनाएको छ ।

अहिलेसम्म बिरामी पक्षले भने काउन्सिलमा उजुरी दिएका छैनन् । मङ्गलवार धादिङकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लगी उनकी सासुको मिर्गौला झिकिएको थियो । तर दाँतको शरीरबाट झिकिसकेपछि उक्त मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएको अस्पतालले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणको काम युरो सर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठले गर्दै थिए । उनीहरू दुवै वीरमा मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएका चिकित्सक हुन् ।

अस्पतालका निमित्त प्रमुख डा. भूपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो । ‘प्रत्यारोपण गर्नुभन्दा अगाडिको चेकजाँचमा मिर्गौला राम्रो देखिएको थियो । तर, निकालेर हेर्दा मिर्गौला प्रत्यारोपणका लागि योग्य थिएन’, डा. बस्नेतले भने, ‘केही न केही रोग छ होला । यो कुरा छानबिनमा पुष्टि होला ।’

अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।

जसको सदस्यमा रेडियोलोजी विभागका प्रमुख डा. सरोज शर्मा, मेडिसिन विभागका प्रमुख डा. अशेष ढुङ्गाना, सीटीभीएस विभागका प्रमुख डा. दिनेश चापागाईँ, एनेस्थेसिया विभागकी डा. ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का छन् ।

बिरामीका आफन्तले घटनाको जानकारी नदिएको भन्दै चिकित्सकले लापरबाही गरेको आरोप लगाएका छन् । चिकित्सकको टिम शल्यक्रिया कक्षबाट बाहिरिएको केही बेरपछि मात्रै बिरामीका आफन्तले मिर्गौला प्रत्यारोपण नभएको थाहा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस