२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम पटक-पटक स्थगित, के भन्छ लेखन समिति ?

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम पटक-पटक स्थगित गरिएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारिएको घोषणापत्र शनिबार बेलुका नै सार्वजनिक गर्ने तयारी थियो । तर, प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा व्यस्त रहेको भन्दै त्यो दिन सार्वजनिक गरिएन ।

त्यसपछि आइतबार (हिजो) बेलुका ५ बजे घोषणापत्र सार्वजनिक गरिने बताइएको थियो । बेलुका ५ बजे भर्चुअल रूपमा घोषणापत्र सार्वजनिक गरिने भन्दै काँग्रेस केन्द्रीय कार्यालयबाट विज्ञप्ति जारी गरिएको थियो । तर, अन्तिम समयमा सोमबार बिहान साढे ३० बजे घोषणापत्र सार्वजनिक गर्ने भन्दै स्थगन गरियो

घोषणापत्र लेखन समितिका प्रवक्ता समेत रहेका सहमहामन्त्री जीवन परियारले सभापति देउवाको व्यस्तताका कारण अन्तिम समयमा कार्यक्रम रोक्नुपरेको बताएका थिए ।

तर, सोमबार पनि घोषणापत्र सार्वजनिक गरिएन । बिहान विज्ञप्ति जारी गर्दै घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

आखिर किन पटक-पटक सो कार्यक्रम स्थगित गरियो ? सहमहामन्त्री परियार सभापति देउवाको व्यस्तताका कारण घोषणापत्र सार्वजनिक गर्न नसकिएको बताउँछन् ।

समितिका अर्का एक सदस्यले भने तिहार बिदाका कारण मंगलबारदेखि तीन दिन छापा पत्रिका प्रकाशन नहुने भएकाले पनि घोषणापत्र सार्वजनिक नगरिएको बताए ।

५० पृष्ठमा लेखिएको घोषणापत्र अब यही कात्तिक ११ गते सार्वजनिक गर्ने तयारी छ ।

घोषणापत्रमा सुशासन र आर्थिक विषयलाई प्राथमिकता दिइएको छ । यस्तै, राज्यको परराष्ट्र नीति, आर्थिक नीति, शिक्षा, स्वास्थ्यलगायत विषयलाई उच्च प्राथमिकता दिइएको परियारले जानकारी दिए ।

समितिले विषयगत समिति बनाएर घोषणापत्रमाथि छलफल गरिएको थियो । सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट समेत सुझाव मागिएको थियो । ती सबै विषयलाई समेटेर घोषणापत्र लेखिएको उनले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय समितिका डा.स्वर्णिम वाग्ले, डा.गोविन्द पोखरेल, डा.कृष्णप्रसाद पौडेल, गेजा शर्मा वाग्लेजस्ता विषयगत विज्ञहरूले घोषणापत्र लेखेका हुन् ।