१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन देशका लागि अभिसाप हो : ओली

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन्।

आज भरतपुरमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन जनताका लागि नभई खानाका लागि गरिएको बताएका हुन्।

‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलान्यास गर्‍यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्‍यो। विमानस्थल बनाउने काम गर्‍यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान छैन।’ उनले गठबन्धनलाई फुटेका हाडिको चोइटाको संज्ञा दिए।  

उनले गएको स्थानीय तहमा गठबन्धनले ५ जना मारेको भन्दै अहिले हार्ने डरले विपक्षमाथि हातपात गर्न लागेको बताए। प्रशासनको सहयोगमा गुण्डागर्दीको काम भएको उनले बताए।  

‘गुण्डागर्दिका कामहरू पार्टीको तर्फबाट विरोध र निन्दा गछौँ। काम कारबाही गर्न प्रशासनले एउटा ड्याङग्रो पनि बजाएको छैन, ’उनले भने। गठबन्धन दलहरूले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेका छन्।  गठबन्धनका दलहरू आफ्ना, आफ्ना आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको बताएका हुन। 

उनले देश बनाउने मार्गचित्र एमालेको गन्तव्य भएको बताए। 

प्रतिक्रिया दिनुहोस