२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति पुन माओवादीले राष्ट्रपति पाए दाबी गर्ने, अन्यथा पाँच वर्ष राजनीति नगर्ने मुडमा 

अ+ अ-

काठमाडौँ। निर्वाचन सकिएर नयाँ सरकार गठनको होमवर्क भइरहँदा देशका प्रमुख दुई सम्मानित पदहरू पनि रिक्त हुँदै छन् । आगामी दुई महिनाभित्र देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पाउने छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुनेछ । उक्त धाराको उपधारा ३ मा निर्वाचन मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुने उल्लेख छ । यदि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुन्छ । त्यसमा कुल मतको ५० प्रतिशत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।

दोस्रो पटकको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्न नसकेमा पुन मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने धारा ६२ को उपधारा ५ मा उल्लेख छ ।

यही कानूनी व्यवस्था अनुसार पाँच वर्षअघि राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्द किशोर पुन दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । यस पटक भने उनीहरू दुवैले पदबाट अवकाश पाउँदै छन् । अवकाशपछि उनीहरू सक्रिय राजनीतिमा फर्किन्छन् वा फर्किँदैनन् भन्ने चासो छ ।

अघिल्ला राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा दुवै जना अहिले सक्रिय राजनीतिमा छैनन् । यादव बेलाबखत मिडियामा झुल्किन्छन्, तर झा भने पुरै ओझेलमा छन् । उपराष्ट्रपति बन्दा विवादित भएका उनी अहिले के गर्दै छन् भन्ने पनि खोजीनिती कसैले गरेको छैन ।

तर, अहिलेका राष्ट्रपति र उपराष्ट्रपति दुवैसँग उमेरका हिसाबले राजनीति गर्ने समय छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि आफ्नो पुरानो पार्टी एमालेमा फर्किएर सक्रिय हुने आङ्कलनहरू भइरहेका छन् । कतिले उनलाई केपी ओलीको उत्तराधिकारीका रूपमा एमालेको नेतृत्व गर्न सक्ने चर्चा पनि गरेका छन् । यद्यपि, उनले आफ्नो मनसाय स्पष्ट पारिसकेकी छैनन् ।

यता, उपराष्ट्रपति पुनको भने अलि फरक रणनीति छ । सत्ताको प्याकेज भागबन्डा हुँदा यदि माओवादीको भागमा राष्ट्रपति पर्‍यो भने उनले त्यसमा दाबी गर्ने भएका छन् ।

तर, अहिले माओवादीले प्रधानमन्त्रीमा नै दाबी गरिरहेकाले उपराष्ट्रपति पुनःले खुलेर आफ्नो आकाङ्क्षा प्रकट गर्न पाएका छैनन् । माओवादी अध्यक्ष प्रचण्ड सत्ता गठबन्धनको नेतृत्व गर्दै आफैँ प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसैले उपराष्ट्रपति पुनको पनि पहिलो प्रयास प्रचण्डलाई प्रधानमन्त्री बनाउनमा नै केन्द्रित हुने स्रोतको भनाइ छ ।

चुनावपछि प्रचण्ड र डा. बाबुराम भट्टराईले उपराष्ट्रपति पुनलाई उनकै निवासमा पुगेर भेटेका थिए । उक्त भेटमा पुनले प्रचण्डलाई प्रधानमन्त्री बन्नका निम्ति आफ्नो नैतिक समर्थन रहने बताए । यदि माओवादीले प्रधानमन्त्री नपाउने स्थितिमा राष्ट्रपतिमा आफ्नो दाबी रहने सङ्केत पुनले गरेका थिए ।

तर, यदि राष्ट्रपति माओवादीले पाएन वा पाए पनि पुनलाई दिइएन भने उनी सक्रिय राजनीतिबाट केही समय विश्राम लिने मनस्थितिमा छन् ।

उपराष्ट्रपति पुन अहिले माओवादी आन्दोलनबारे पुस्तक लेख्दै छन् । त्यसलाई अवकाशपछि त्यसलाई चाँडै सिध्याएर सार्वजनिक गर्ने उनको योजना छ ।

माओवादी जनसेनाका कमाण्डर नन्द किशोर पुन २०७२ साल कात्तिक १४ गते उपराष्ट्रपति निर्वाचित भएका हुन् । २०७४ सालमा उनी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भए । उपराष्ट्रपतिका रूपमा उनको दुई कार्यकाल लगभग विवादरहित गुज्रिएको छ ।

पुन दोस्रो संविधानसभा चुनावमा काठमाडौँ-४ बाट गगन थापासँग पराजित भएका थिए । उनी राष्ट्रवादी नेताको रूपमा चिनिन्छन् ।