११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले बागमती प्रदेश सभामा निर्वाचित सदस्यहरूको विवरणसहितको प्रतिवेदन बुझाएसँगै प्रदेश सभा बैठक बोलाउने तयारीमा प्रदेश सरकार जुटेको छ । आउँदो १८ पुसमा पहिलो बैठक आह्वान गर्ने तयारी गरिएको छ । 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आगामी १८ पुसमा आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । 

यसका लागि भोलि हुने सर्वदलीय बैठकमा सरकारले प्रस्ताव पेस गर्दैछ । सभाको बैठक बस्नुअघि सांसदहरूको शपथग्रहणको लागि आवश्यक प्रबन्ध मिलाउन पनि सरकारले प्रदेश सभा सचिवालयलाई पत्राचार गरेको छ । 

संविधानको धारा १८३ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । बागमती प्रदेश सरकारले प्रदेशसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूचीसमेत तय गरेको छ ।

सरकारको तर्फबाट उक्त कार्यसूची प्रदेशसभा सचिवालयमा पठाएर बैठकमा पेस गरिने मन्त्री खनालले बताए । उक्त बैठकमा सदनको नियमित क्रियाकलापपछि सरकारको तर्फबाट पेस भएका कार्यसूचीहरू प्रस्तुत गरिने उनले बताए । 

संसद्को पहिलो बैठकमा सचिवालयको नियमित कार्यक्रमअन्तर्गत सांसदहरूको स्वागत, सम्मान, बधाई ज्ञापनको कार्यसूची रहने उनले बताए । सचिवालयमा प्राप्त चिठ्ठीपत्र सदनमा पेस भएपछि अन्य विषयहरूमा बैठकमा छलफल हुने उनले बताए । 

यसैगरी, बैठकमा सरकारकोतर्फबाट सदनमा पेस भएका केही अध्यादेशहरू प्रस्तुत हुने र सोको प्रक्रिया पूरा गरी कानुन निर्माणमा अघि बढ्ने पनि मन्त्री खनालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस