काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
जीप चालक वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका ५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेखको गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बिसीको मृत्यु भएको हो।
सो जिपमा ५ जना सवार थिए। बागमती प्रदेश ०१०२६ च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स जीप गए राति साढे २ बजे वीरेन्द्रनगर–११ झुप्रोखोलास्थित रत्न राजमार्गमा दुर्घटनामा परेको हो।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आइतबार बिहान चार जनाको मृत्यु भएको हो । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।







