जनकपुरधाम । धनुषामा विद्यार्थी र अभिभावकले प्रधानाध्यापकलाई कालो मोसो दलेका छन् ।
शहिदनगर नगरपालिका वडा नं. ७ मा रहेको जनता मावि धवौलीका प्रधानाध्यापक श्रीप्रसाद यादवलाई विद्यार्थी र अभिभावकले कालो मोसो दलेका हुन् । उनीहरूले प्रधानाध्यापकको कार्यकक्षमा ताला समेत लगाएका हुन् ।
पोसाक वितरण तथा प्राविधिक प्रयोगशाला स्थापना र प्रयोगशालाको लागि सामग्री किन्नको लागि आएको बजेटमा १५ लाख भ्रष्टाचार उनीमाथि आरोप छ ।
प्रअले लामो समयसम्म अभिभावक भेला नबोलाएको, व्यवस्थापन समिति गठन नगरेको, पठनपाठनमा कुनै ध्यान नदिएको र भन्दा पनि अटेर गर्दै आएको समेत स्थानीय अभिभावकले बताएका छन् ।







