२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रदेशको नामकरण सहमतिमा नटुङ्गिए प्रक्रियाबाट टुङ्ग्याउँछौँ’

अ+ अ-

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण सहमतिमा टुङ्ग्याउन नसके प्रक्रियाबाट टुङ्गो लगाउने बताएका छन् ।

विराटनगरमा आजदेखि सुरु भएको सिआइएन कोसी एक्लो उद्घाटन समारोहमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । ‘प्रदेशले नाम राख्न सकेको छैन । प्रदेशसभाले प्रदेशको नामाकरण गर्ने हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेर सबै राजनीतिक दलसँगको सहमति गरेर नामको विषय टुङ्गो लगाउने पक्षमा छौँ । सहमति नभए प्रक्रियाबाट भए पनि नामको विषय टुङ्गो लगाउने पक्षमा हामी छौँ,’ उनले भने ।

कार्कीले प्रदेश सरकार खारेज गर्नुपर्छ भन्नेहरूले हतार गरेको टिप्पणी पनि गरे । ‘मान्छेहरूले प्रदेश खारेज गर्नुपर्छ भन्ने खालका स्टाटसहरु लेख्नुभएको छ । त्यही संरचनाको चौथो मुख्यमन्त्री बनेर उभिएको छु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रादुर्भाव भएको हो । ५ वर्षको अवधिमा प्रदेश सरकार र प्रदेश नै खारेज गर्नुपर्ने अवस्था आएको छैन,’ कार्कीले भने, ‘कमजोरी सच्याउने प्रयास गरौँ, राम्रो कामको प्रशंसा पनि गरौँ । १४ सदस्यीय मन्त्री मण्डललाई घटाएर हामीले ९ वटामा झारेका छौँ । प्रदेशसभाको सङ्ख्याको १० प्रतिशतभन्दा कम मन्त्री बनाउने हामीले प्रतिबद्धता गरेका छौँ ।’