२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

अ+ अ-

धनकुटा । धनकुटा–बन्चरे–ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ । कोसी प्रदेश सरकारको ५६ करोडको लागतमा उक्त सडक निर्माण गरिँदै छ । सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ ।

धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्रसमेत गर्न लागिएको छ ।

विसं २०७७ असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भीमेश्वर शर्मा जेभी काठमाडौँलाई एक वर्षको म्याद थप गरिएको छ ।

पूर्वाधार विकास कार्यालय, भोजपुरअन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव–इन्जिनियर बद्री ढुङ्गानाले जानकारी दिए । ‘कालोपत्र बाहेकको काम सकिने चरणमा छ’, उनले भने, ‘थपेको समय सीमाभित्र काम पूरा हुन्छ ।’ हाललाई छथर जोरपाटी गाउँपालिका–४ ताम्लिङसम्म कालोपत्र गरिने उक्त सडक तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारसम्म जोड्ने योजना छ । सडक निर्माणपछि तेह्रथुम र धनकुटाको दक्षिणी भू-भागका नागरिकलाई सहज हुनेछ ।