२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता पालना गर्न आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रचारप्रसार गर्न नपाइने अवधिमा उम्मेदवारलाई मत दिने/नदिने निर्णय गर्न नपाइने व्यवस्था पालना गर्न आग्रह गरिएको छ । एसएसम गर्न नपाइने, सामाजिक सञ्जालमार्फत मत माग्न नपाइने विषयमा पनि ध्यान दिन आग्रह गरिएको छ ।

उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा हिजो नेपाली काँग्रेसले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । त्यस विषयमा आयोगले स्पष्टीकरण सोधेको थियो । काँग्रेसका तर्फबाट स्पष्टीकरणपत्र बुझाइँदै छ ।

यता, उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्दै छ ।

“निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा निर्वाचन प्रचारप्रसारलगायत सोसँग सम्बन्धित कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, राजनीतिक दलहरूको बैठकबाट उम्मेदवारहरूलाई मत दिने वा नदिने निर्णय गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारहरू पालना गर्नरगराउन सम्बन्धित उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, राजनीतिक दललगायत सम्पूर्ण सरोकारवालालाई आयोग पुनः आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।