२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनकोसीका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने

अ+ अ-

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।

गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो ।

कार्यदलले दुई महिना लगाएर सरोकारवाला र सम्बन्धित विज्ञहरूसँग छलफल र राय सुझाव समेटी ‘हाम्रो सुनकोसी’ नाममा पाठ्यक्रम तयार पारेको छ ।

गाउँपालिकाका सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म उक्त पाठ्यक्रम लागू गरिने गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सुनकोसी गाउँपालिकामा एक निजीसहित ३३ विद्यालय सञ्चालनमा छन् । समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ ।

पाठ्यक्रममा सुनकोसी गाउँपालिकाको परिचय, पालिकाभित्रका संस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, घरेलु उद्योग, पशुपक्षी, माछा पालन, हाम्रा पेसा व्यवसाय लगायतका नौ विषयवस्तु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्य घण्टा, विषयवस्तुको विस्तृतीकरण सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन लगायतका विषयवस्तु समेटिएका छन् ।