२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

अ+ अ-

काभ्रेपलाञ्चोक । महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो । ‘सुत्केरी व्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’ मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन समस्या भएपछि काठमाडौँ लगिएको हो ।

मोक्तानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नि:शुल्क हेलिकप्टरबाट काठमाडौँ थापाथलीस्थित प्रसूति गृहमा लगिएको हो । जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेष गरी सुत्केरी व्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको व्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ ।

सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ । कार्यक्रम लागू भएपछि हालसम्म महाभारतको मात्रै आठ सुत्केरी व्यथा लागेकाको हेलिकोप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । ‘लामो कच्ची सडकमा सुत्केरी व्यथा लागेका महिलाको स्वास्थ्य जोखिममा पर्ने भएकाले डाँडापारिका नागरिकले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ, यहाँका सडक स्तरोन्नति गर्दैछौँ अब अन्य बिरामीलाई पनि केही सहज होला कि !, उनले भने ।

अध्यक्ष जिम्बाले निःशुल्क हवाई उद्धार निर्देशिका-२०७७ अनुसार सुत्केरी व्यथा लागेकाको लागि सेवा प्रदान गर्दै आएको बताए । महाभारतका नागरिकलाई उपचार गर्न सदरमुकामका अस्पताल आउनुपर्दा वर्षायाममा झन् कठिन हुने गरेको बताइन्छ ।

यसअघि गत साउन अन्तिम हप्ता डाँडापारिस्थित खानीखोला गाउँपालिका–४ डाँडागाउँका ७० वर्षीया सुन्तामाया जिम्बालाई उपचारका लागि हेलिकोप्टरमार्फत धुलिखेल अस्पताल ल्याइएको थियो । टाउको दुख्ने र हात झम्झमाउने रोगबाट पीडित उनलाई पनि गाउँको कच्ची सडकबाट एम्बुलेन्समा ल्याउन सम्भव नहुँदा हेलिकोप्टर ‘चार्टर्ड’ गर्नुपर्ने बाध्यता बनेको थियो । त्यतिबेला उनका आफन्तले रु ७० हजार भाडा तिरेर धुलिखेल ल्याउनुपरेको थियो । ‘गम्भीर प्रकृतिको बिरामी पर्दा वर्षायाममा हेलिकोप्टरको विकल्प छैन’, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने ।

गत साल नै तीन दिनदेखि झाडापखालाले ग्रस्त खानीखोला गाउँपालिका–६ की १७ वर्षीया रञ्जिता थोकरलाई उपचारार्थ अस्पताल लैजान हेलिकोप्टर गाउँ पुर्‍याइयो । तर हेलिकोप्टर रित्तै फर्कनुपर्‍यो । विडम्बना हेलिकोप्टर गाउँ पुग्दै गर्दा उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममै मृत्यु भइसकेको थियो । उनको थप उपचारका लागि काठमाडौं लैजान परिवार र जनप्रतिनिधिले निर्णय गरे तर, उनको निधन भइसकेको थियो ।

डाँडापारिस्थित टाढाको विकट क्षेत्रमा महँगो भए पनि सडक अवरुद्ध हुँदा हेलिकोप्टर निकै सजिलो साधन मानिन्छ । वर्षायाममा ग्रामीण भेगमा भएका सडक भत्किने र पहिराले अवरुद्ध हुँदा जिल्लाको दक्षिणी क्षेत्र महाभारत डाँडापारिका दुई गाउँपालिकाका नागरिकले बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपर्ने हुन्छ । गर्भवती बाहेक अन्य बिरामीले हेलिकोप्टरको भाडा तिर्न नसक्ने भएकाले उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता पनि देखिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम सुत्केरीको व्यथाले स्वास्थ्य जोखिममा पर्ने महिलाका लागि वरदान सावित भएको छ । तर भौगोलिक विकटता तथा वर्षा मौसममा कच्ची सडक अवरुद्ध हुँदा काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारतमा बिरामीको उद्धारमा निकै कठिनाइ हुने गरेको स्थानीय बताउँछन् । हेलिकोप्टरबाट बिरामी-गर्भवतीको उपचारार्थ उद्धार गरिए पनि जिल्ला सदरमुकामका अस्पताल लैजान हेलिकोप्टर अवतरण गर्न अर्को व्यवस्थापन गर्नुपर्ने हुँदा काठमाडौँका अस्पतालनै लैजानुपर्ने बाध्यता पनि छ ।