वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा फोहोर थुपारिदिएको छ ।
फाइबर बिछ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर अलपत्र छाडेको भन्दै महानगरले सहरबाट सङ्कलित फोहोर टेलिकम परिसरमा लगेर थुपारिदिएको हो ।
महानगरका कर्मचारी र नगर प्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालिदिएका थिए ।







