१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरेबगर-चित्रे सडक कालोपत्र

अ+ अ-

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक कालोपत्र गर्न थालिएको छ ।

मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो ।

प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमा हस्तान्तरण भएको यो आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो । आयोजनाका इन्जिनियर विवेक पौडेलले सडक विस्तार, नाली, पर्खाल निर्माणलगायत संरचना बनाउने, बेस, सब बेस राख्ने काम सकिएपछि कालोपत्र गर्न थालिएको बताए ।

‘खिवाङ–शिख खण्डमा प्राइम कोड बिछ्याउने काम भइरहेको छ, अर्को चरणमा घार खण्डमा र त्यसपछि फलाते–चित्रे खण्डमा प्राइम कोड बिछ्याउने कार्यतालिका छ’, उनले भने, ‘प्राइमकोड राखेपछि दुई चरणमा डिबिएसडी प्रविधिको कालोपत्र हुन्छ ।’

विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको आयोजनाका निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूवनोट, प्राकृतिक विपत्ति, कोरोना महामारीलगायतका कारणले लक्ष्यभन्दा तीन वर्षपछि सकिन लागेको हो ।

सडक निर्माणले पूर्णता: र कालोपत्र हुन थालेपछि आशा जागेको शिखका स्थानीयवासी सुरेन गुरुङले बताए । शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुग्ने र सहज हुनेछ ।

म्याग्दीको गौरवको आयोजना मानिएको पोखरेबगर–चित्रे सडक आयोजनाको सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागिसमेत उत्तिकै महत्त्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस