काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले उद्योगी र व्यवसायी लाइसेन्स लिन मात्रै सक्रिय भएको बताएका छन् । यसको सुधार हुनुपर्ने उनको भनाइ छ ।
मङ्गलवार काठमाडौँमा उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ को उद्घाटन सत्रमा उनले उद्योगी नै सुध्रिनुपर्नेमा जोड दिए ।
“पहिले–पहिले उद्योगीहरूले आफ्नै उद्योगको फाइदामा लबिङ गर्ने गरेका थिए । अहिले राष्ट्रिय परिपेक्षबाट मुद्दा उठान र लबिङ गरेका छन् । यो राम्रो पक्ष हो,” उनले भने, “तर, व्यवसायमा सक्रिय हुनुभन्दा लाइसेन्स प्राप्तिमा व्यवसायीहरू सक्रिय छन् । नेता र मन्त्रीको दैलो चहार्छन् । यो अन्त्य हुनुपर्छ ।”
व्यवसायी यसरी लागेर उत्पादन र निर्यात नबढ्ने उनको भनाइ छ ।







