९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थतन्त्रलाई लयमा फर्काउने गरी बजेट ल्याउने तयारी : मन्त्री ज्वाला

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन् ।

शनिबार समाजवादी प्रेस सङ्गठन नेपाल, काठमाडौँ जिल्ला शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए ।

मन्त्री ज्वालाले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे । ‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ। संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, त्यसमा पनि केही जन पक्षीय कार्यक्रमहरू प्रस्तुत गरेका छौँ। जनतालाई सम्बोधन हुने खालका नीतिहरू हामीले सम्बोधन गरेका छौँ। यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ,’ उनले भने।

मन्त्री ज्वालाले गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए। उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताए।

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताए। वर्तमान सरकार भ्रष्टाचारीमाथि निरीह रुपमा प्रस्तुत भइरहेको बताउँदै भ्रष्टाचारीलाई कारबाही गर्ने सन्दर्भमा सरकारले चालेको कदममा खुट्टा नकमाउने बताएका छन् । ‘भ्रष्टाचारका काण्डहरू आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस