१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय

अ+ अ-

रोल्पा । रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् ।

जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन् ।

पाँच वटा वडा रहेको गाउँपालिकामा चार वटा वडामा स्वास्थ्यकर्मी र एउटा वडामा कृषि प्राविधिकले वडा सचिवको काम गर्दै आएका छन् ।

गाउँपालिकाको वडा नं १ मा एचए, वडा नं २ मा कृषि शाखाका प्राविधिक कर्मचारी, वडा नं ३ मा अनमी, वडा नंं ४ र ५ मा अहेवले वडा सचिवको काम गरिरहेका छन् ।

थवाङ गाउँपालिकाको वडा नं १ र २ साविक थवाङ गाविस, वडा नं ३ साविक मिरुल गाविस र वडा नं ४ र ५ साविक उवा गाविस पर्दछन् ।

स्वास्थ्यकर्मी र कृषि प्राविधिकले वडा सचिवको काम गर्दा सेवा प्रवाह राम्रो नभएका वडा अध्यक्षहरूको गुनासो छ । ‘प्रशासनिक ज्ञान भएका वडा सचिवको साटो प्राविधिक ज्ञान भएका स्वास्थ्यकर्मी र कृषि प्राविधिकबाट गुणस्तरीय सेवा प्रवाह हुने कुरै भएन’, थवाङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष हीराप्रसाद बुढामगरले भने ।

उनले पटक–पटक माग गर्दा पनि प्रशासनिक कर्मचारी उपलब्ध नभएपछि प्राविधिक कर्मचारीको भरमा वडा कार्यालय सञ्चालन गर्न बाध्य भएका छौँ, प्राविधिक कर्मचारीलाई वडा सचिवको काम दिँदा प्राविधिक काम पनि प्रभावित भएको बताए ।

‘थवाङ गाउँपालिकामा कर्मचारी आउन नमान्ने, आए पनि छिट्टै सरुवा भएर जाने कारणले वडाको काम प्राविधिक कर्मचारीबाट गराउन बाध्य भएका छौँ’, थवाङ गाउँपालिका–४ का वडाध्यक्ष हिक्मत घर्ती मगरले भने ।

वडा कार्यालयको कामलाई गुणस्तरीय बनाउन प्रशासनिक कर्मचारी उपलब्ध गराइदिन पटक–पटक माग गरे पनि सुनुवाइ भएको छैन घर्ती मगरले गुनासो गरे । एउटा सेवाको कर्मचारीले अर्को सेवाको काम गर्दा काम गुणस्तरीय नहुनुको साथै दुवैतर्फ असर गर्ने वडाध्यक्ष घर्ती मगरको भनाइ छ ।

थवाङ जनसङ्ख्या र क्षेत्रफल दुवै हिसाबले जिल्लाकै सबभन्दा सानो स्थानीय तह हो । जिल्लाकै दुर्गम मानिने सो गाउँपालिका जिल्ला सदरमुकाम लिवाङवाट २८ कोश उत्तरमा पर्दछ ।

दुर्गम भएका कारण सो गाउँपालिकामा कर्मचारी हत्तपत्त जान मान्दैनन् ।

प्रतिक्रिया दिनुहोस