२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशले ३ दिन गणतन्त्र दिवस मनाउने

अ+ अ-

काठमाडौं । बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गङ्गानारायण श्रेष्ठले जेठ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गरेका हुन्।

सरकारले जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम गर्नेछ।

यस्तै जेठ १५ गते बिहान हेटौँडाको बुद्धचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रांगणसम्म प्रभातफेरि आयोजना गर्ने र कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस विशेष समारोहमा प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताए। सोही दिन साँझ प्रदेशस्थित सबै मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र प्रदेशवासीका घरघरमा दीपावली गर्ने उनले बताए।

जेठ १६ गते वृक्षारोपण गर्ने, मन्त्रालय अन्तर्गतका कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, सार्वजनिक निकायले राष्ट्रिय झन्डा फहराउने एवं ब्यानर प्रदर्शन गर्ने, सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्य रूपमा मनाउन अपिल गर्ने, प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहन गर्न विभिन्न विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता कार्यक्रम तय भएको मन्त्री श्रेष्ठले बताए। 

दिवसका अवसरमा राजनीतिक दल तथा नागरिक समाजको प्रतिनिधिबीच अन्तरक्रिया गर्ने र गणतन्त्रको १५ वर्ष अवसर र चुनौती विषयमा खुला लेख प्रतियोगिता आयोजना गर्ने उनले जानकारी दिए।