काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरूको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जाँदै छन् ।