२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ

अ+ अ-

काठमाडौँ । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा तीन जना पूर्वकर्मचारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौँ-४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन्।

राघव सापकोटा उक्त अस्पतालको एजिक्युटिभ आइपी बिलिङको रूपमा कार्यरत थिए। अन्य दुई जना पनि बिलिङ सेक्सनमा कार्यरत थिए।

बिलिङको लागि मेडिसिटी अस्पतालमा शुक्र नामक एचएमआइएस सफ्टवेयरको प्रयोग गरिएको थियो।

त्यही सफ्टवेयरमार्फत बिरामीहरूबाट बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्ज लिएर सिस्टममा इन्ट्री गरिन्थ्यो। आरोपीहरूले बिरामीहरूबाट वास्तविक शुल्क लिएका थिए।

तर सिस्टममा इन्ट्री गराउँदा भने उनीहरूले वास्तविक शुल्कभन्दा कम गराएको पाइएको प्रहरीको भनाई छ ।

यसरी उनीहरूले दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

अस्पताललाई यसरी घाटा पुर्‍याएको भन्ने उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। यता बिलिङ शाखामा कार्यरत उनीहरूले जागिर छाडिसकेका थिए।

अस्पताल प्रशासन घाटामा गइरहेको बेलामा जागिर समेत छाडेपछि प्रहरीले उनीहरूमाथि नै शङ्का गरेको थियो। अनुसन्धान गर्नेक्रममा उनीहरूले ठगी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो।

उनीहरूमाथि आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको छ।

घटनामा अन्य पूर्वकर्मचारीहरू समेत संलग्न रहेको र उनीहरूको खोजी भइरहेको परिसरले जनाएको छ।