२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीलाई चिनियाँ भाषा तालिम

अ+ अ-

काठमाडौँ । प्रहरीलाई चिनियाँ भाषा तालिम प्रदान गरिएको छ ।

पर्यटक प्रहरी, इमर्जन म्यान्डरिन एकेडेमी (आइएमए) र इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीको सहकार्यमा पर्यटक प्रहरीलाई दुई महिने चिनियाँ भाषा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा सहभागी पर्यटक प्रहरीलाई बुधबार प्रमाणपत्र वितरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रशिक्षणले पर्यटक प्रहरीलाई चिनिया पर्यटकसँग सञ्चार गर्न र उनीहरूको समस्या तत्काल समाधान गर्न सहज हुने बताए । उनले पर्यटक प्रहरीलाई अन्य भाषाको पनि प्रशिक्षण दिन जरुरी रहेको उल्लेख गरे ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नेपाल र चीन छिमेकी मुलुक भएकाले एकापसमा भाषा जाने हरेक कुरामा सहज हुने बताए ।

चिनियाँ राजदूतावासका काउन्सिल वाङ्छिन, नेपाल पर्यटन बोर्डका महानिर्देशक होमप्रसाद लुइँटेल, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठलगायतले प्रशिक्षणबाट पर्यटक प्रहरीलाई काम गर्न थप हौसला मिल्ने बताए ।

कार्यक्रममा भाषा प्रशिक्षणमा सहभागी पर्यटक प्रहरी लक्ष्मण राउत, कुमारबहादुर खड्का, सुनिता नेपाल, शुभ राज महतरा र सुनिल श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

दुई महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षण कक्षका लागि इमर्जन म्याण्डरिन एकेडेमीले छुट्टै पाठ्यक्रम बनाएर अध्यापन गराएको एकेडेमीका सञ्चालक प्रमीला तामाङले जानकारी दिए ।