१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक : केपी ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले इमान्दारितमका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देशप्रति समर्पित होस र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा न्याय प्रदान गर्न सकोस् ।’

अध्यक्ष ओलीले कसैले पनि पराजित गर्न नसक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताए । उनले निष्ठा र इमान्दारिताका साथ सक्रिय भइ जनताको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले एमाले सबैका लागि एउटै परिवार जस्तो भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताए । उनले पार्टीमा चाकडी चल्ने स्पष्ट पार्दै कामका आधारमा मूल्याङ्कन हुने बताए ।

‘कसले कति चाकडी गर्छ भन्ने कुरा पार्टीमा हुँदैन । कामको मूल्याङ्कनबाट आएको पार्टी हो’, उनले भने, ‘यो आदेशबाट नियुक्त र बर्खास्त गर्ने पार्टी पनि होइन । एमालेले भन्ने बेलामा एउटा र गर्ने बेलामा अर्को काम गर्दैन ।’

नेपाली समाजको आधुनिक जागरण, सचेतनामा एमालेको भूमिका रहेको भन्दै उनले सामाजिक न्याय, समानता, पछाडि परेका समुदायको हक अधिकारका लागि कम्युनिस्ट पार्टी स्थापना गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस