२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्यान्डविरुद्ध सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । नेपालले थाइल्यान्डविरुद्ध २२५ रनको शानदार विजय हात पार्दै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २७० रनको विजय लक्ष्य लिएर आएको थाइल्याण्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो ।

मलेसियामा जारी प्रतियोगितामा नेपालको यो पहिलो खेल थियो । तर समूह ‘ए’ मा रहेको थाइल्याण्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । थाइल्याण्ड आफ्नो पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।

बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा नेपालसामु थाइल्याण्ड निकै फिका देखिएको थियो । सन्तोष यादवले ५ विकेट लिए । उनले ३।२ ओभरमा १ मेडन राख्दै ८ रनमात्र खर्चे । अशोक धामीले ३ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ र कप्तान अभिषेक तिवारीले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए ।

यसअघि ओपनिङ जोडी निरज यादव र सुर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २ सय ६९ रन बनाएको थियो । निरज र सूर्यांशुले पहिलो विकेटमा १३ ओभरमा १ सय २६ रन जोड्दै नेपालको विशाल योगफलको आधार बनाएका थिए । निरजले ४३ बलमा ७४ रन बनाए । २१ बलमै अर्धशतक पूरा गरेका उनले कुल ७ चौका र ६ छक्का प्रहार गरे । सूर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रन बनाए ।

आशिष लुहार १३ रनमा आउट भए पनि सन्तोष यादव र नरेन भट्टले चौथो विकेटमा ८१ रनको साझेदारी गर्दै नेपालको रनक्रमलाई निरन्तरता दिएका थिए । सन्तोषले ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रन बनाए । नरेन ५३ र प्रतीक पोखरेल १ रन बनाई अविजित रहे । नरेनले ४३ बल खेल्दै ५ चौका प्रहार गरे । अशोक धामी ५, अविशेक तिवारी १४, दीप भुजेल ६ र कृतिक कामत शून्य रनमा आउट भए ।