८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौँ : सभापति लामिछाने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् ।

सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताए ।

उनले भने,’नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।’ विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए । ‘विसं २०८४ को निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ’, उनले भन, ‘अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उनले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे । ‘रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ’, पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले भने ।

केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गरे । पूर्वमन्त्री शिशिर खनालले विसं २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस