१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको संसद भंग

अ+ अ-

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ नेतृत्वको सरकारले संसद भंग गरेको छ ।

संसदको कार्यकाल तीन दिन मात्र बाँकी रहेका बेला बुधबार रातिको मन्त्रिपरिषद्ले राष्ट्रपति आरिफ अल्वीलाई संसद भंगको सिफारिस गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार मध्यरातमै संसद भंग गरिदिएका छन् ।

सरकारी सञ्चार माध्यम प्रेस अफ पाकिस्तानका अनुसार पाकिस्तानको संसदको कार्यकाल १२ अगस्ट सम्म रहेको थियो । संसद भंगसँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ । तीन दिनभित्रै नयाँ कार्यवाहक प्रधानमन्त्री चयन तयारी भएको छ । विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरीफबीचको सहमतिमा नयाँ प्रधानमन्त्री तोकिने बीबीसीले जनाएको छ । पाकिस्तानमा ९० दिनभित्रमा आम निर्वाचन हुनेछ ।

राजनीतिक नेतृत्व भन्दा त्यहाँ सेना सरकार सञ्चालनमा सेना हाबी हुँदै आएको छ । भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजायँ तोकिएपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई बुधबार मात्र पाँच वर्षका लागि सार्वजनिक पद धारणा गर्न प्रतिबन्ध लगाइएको छ ।

भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय घोषणा भएको उनको सांसद पद पनि त्यहाँको निर्वाचन आयोगले खारेज गरिदिएको छ । त्यससँगै उनको राजनीतिक भविष्य अन्योलमा रहेका बेला संसद पनि भंग भएको हो ।

प्रतिक्रिया दिनुहोस