२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारीले बजार पाएन

अ+ अ-

बैतडी । बैतडीका किसानले उत्पादन गरेको तरकारीले बजार नपाउँदा समस्या भएको छ । मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा लाखौँको क्षतिसमेत पुगेको छ ।  

दशरथचन्द नगरपालिका-१ गुरुखोलाका किसानले लगाएको बन्दाले बजार नपाउँदा बारीमै कुहिएको स्थानीय मानबहादुर टेरले बताए । बारीमा लगाएको बन्दा कुहिन थालेपछि चिन्ता बढेको छ । उनले भने, “किसानको बन्दा बारीमै कुहिँदा लाखौँको क्षति भएको छ, बजारमा बिक्री नहुँदा बारीमै कुहिएर नष्ट भएको छ ।”

बारीमै बन्दा कुहिन थालेपछि व्यावसायिकरुपमा तरकारीखेतीमा लागेका किसान समस्यामा परेका छन् । यस्तै जिल्लाको सिगास र सुर्नया गाउँपालिकामा उत्पादित आलुले पनि बजार पाएको छैन । उत्पादित आलुले बजारमा खासै मूल्य पाउन नसकेको सिगास-१ का किसान रोशन साउदले बताए । 

उनले भने, “बजार भाउ निकै कम दिइरहेका छन्, रु. ७० प्रतिकिलो बीउ किनेर लगाएका थियौँ, उत्पादन पनि राम्रो भयो, तर बजार भाउ भने त्यसको आधा मात्रै छ ।” वडा नं १ मा ५० देखि ६० रोपनीमा करिब तीन सय क्विन्टल आलु उत्पादन भएको भए पनि बजारमा मूल्य पाइएको छैन । भण्डारणका लागि शितभण्डार नभएकाले पनि समस्या भएको छ ।  

शितभण्डार नहुँदा सुर्नया-७ का दानबहादुर मडैले ५० क्विन्टल बढी आलु घरमा राखेका छन् । उनले भने, “आलुले उपयुक्त बजार मूल्य पाएको छैन, भण्डारण गर्न शितभण्डार नहुँदा घरमै राखेका आलु बिग्रिन थालेका छन् ।” बैतडीमा एक वर्षमा १३ हजार नौ सय मेट्रिकटन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।