२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवरुद्ध मदन भण्डारी र सिद्धिचरण राजमार्ग सञ्चालनमा

अ+ अ-

कटारी । अविरल वर्षासँगै पहिरो गएपछि बिहीबार रातिदेखि अवरुद्ध मदन भण्डारी राजमार्ग आज साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत उदयपुरको कटारी-गाईघाट सडक खण्ड दुई दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको थियो।

राजमार्गको उदयपुरगढी गाउँपालिका-६ स्थित मौवासीखोलाको पुलनजिकै पहिरो गएपछि अवरुद्ध भएको यातायात शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए। उनका अनुसार यति बेला सवारी साधान सञ्चालन हुन थालेका छन्।

‘एकतर्फी भए पनि यातायात सञ्चालन भएको छ, पानी रोकियो भने भोलिदेखि पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ,’ उपरीक्षक कार्कीले भने, ‘आज वर्षा रोकिएपछि बिहानैदेखि सडक खोल्ने काम भएको थियो।’

गाईघाट दिक्तेल सडक आयोजनाको जेसिबीले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो। मुख्यगरी कोशी प्रदेशबाट राजधानी काठमाडौँ जाने छोटो बाटो सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार बाटो अवरुद्धपछि पूर्वबाट आएका सवारीलाई गाईघाटबाट लहान हुँदै बर्दिबासतर्फ पठाइएको थियो भने पश्चिमबाट पूर्व आएका सवारीलाई कटारीबाट सिरहाको मिर्चैया हुँदै पूर्वतर्फ पठाइएको थियो।

साथै बिहीबार राति झरेको पहिराका कारण अवरुद्ध सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड पनि आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। राजमार्गअन्तर्गत कटारी नगरपालिका–११ को वेतेनीबाट वडा नं १४ को लेखानी खण्डका विभिन्न स्थानमा पहिरो गएपछि अवरुद्ध सडक पहिरो पन्छाएपछि खुलेको हो।

मिर्चैया–कटारी–घुर्मी सडक योजनाको कार्यालय कटारीका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार कटारी–घुर्मी सडकखण्डमा विभिन्न स्थानमा खसेको पहिलो शुक्रबार साँझसम्ममा पन्छाइएको हो। शुक्रबार साँझदेखि नै अवरुद्ध सडकमा आउजाउ सुरु भएको र आजदेखि पूर्णरूपमा सडक खुलेको उनको भनाइ छ।