२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा काँग्रेस कार्यकर्ताले चित्त दुखाउन हुँदैन : गगन थापा

अ+ अ-

कास्की । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताएका छन् । 

नेपाली काँग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई आज बुधवार पोखरामा सम्बोधन गर्दै उनले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली काँग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री स्वीकार गर्दा काँग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने बताए । 

‘काँग्रेस सबैको हित चाहने पार्टी हो, काँग्रेस आमनागरिकको सुख दुःखमा साथ दिने पार्टी नै हो’, उनले भने, ‘नागरिकको भर विश्वास पनि काँग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पिपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।’

मिसन २०८४ मा पनि काँग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन उनले आग्रह गरे। ‘नेपाली काँग्रेस सीमित व्यक्ति मात्र नभई सबै नागरिक धनी भएको देख्न चाहन्छ, महामानव बिपीको सिद्धान्त पनि नागरिक धनी हुन् भन्ने नै थियो’, उनले भने । 

काँग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उनले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको बताए। काँग्रेसले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले काँग्रेसभन्दा क्रान्तिकारी पार्टी अरू कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपाली काँग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न चाहन्छ, सानो देश उनीहरूसँग विवाद  गर्न चाहँदैन र गर्न पनि सक्दैन’, उनले भने, ‘नेपाल जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा छ ।’

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले बिपीको सिद्धान्तलाई अँगाल्दै काँग्रेस अगाडि बढ्न आवश्यक भएको बताए । काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने उनको भनाइ थियो ।